हुमाकान्त पोखरेल/३ असार ०७४, गुल्मी । दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा सबै राजनीतिक दलले लगभग उम्मेदवार टुङग्याएर मनोनयन दर्ता गर्ने तयारीको चरणमा छन् ।
जिल्लाका सबै स्थानीय तहको चुनावी प्रतिस्प्रर्धा उस्तै छ । तर पनि जिल्लाका दुई नगरपालिकालाई अझ विशेष किसिमले हेरिएको छ । जहाँ पार्टीका प्रमुख व्यक्तिहरुले नै उम्मेदवारी दिएका छन् ।
मतदाताहरुले पार्टी र अनुहार हेरेर भन्दा एजेण्डाका आधारमा भोट दिने भएकाले उनीहरु सकेसम्म जनप्रिय कुरा नै बोलिरहेका छन् ।
रेसुङ्गा नगरपालिकामा काँग्रेसको जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ मेयर पदका उमेद्वार हुन् ।
पार्टीका जिल्ला सभापति नै मेयर पदको उमेदवार भएपछि जिताउन सिङ्गो कमिटी नै कसिएका छ । श्रेष्ठ २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तम्घास गाविसका निर्वाचित अध्यक्ष हुन् ।
रेसुङ्गा क्षेत्रमा रिङ्गरोड, घरघरमा पानी, सडक र बिजुली
उनले रेसुङ्गा नगरको विकासका लागि प्रमुख विषय पर्यटकीय तथा धार्मिक क्षेत्र रेसुङ्गालाई बनाएको छन् । रेसुङ्गा क्षेत्रमा रिङ्गरोड, घरघरमा पानी, सडक र बिजुली उनका प्रमुख काम रहेका छन् ।
तम्घास–खाम्सेपानी–नयाँगाउँ सडक, तम्घास–नेटा सडक कालोपत्रेलाई पनि उनले आफ्नो एजेण्डा बनाएका छन् । साथै, शिक्षा र स्वास्थ्यका क्षेत्रका आमूल परिवर्तन गर्ने योजना श्रेष्ठको रहेको छ ।
भुसालले कुनै सरकारी सुविधा नलिने !
त्यस्तै एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका डिल्लीराज भुसालले पहिला त आफूले कुनै सरकारी सुविधा नलिने बताएका छन् ।
त्यस्तै उनले पनि रेसुङ्गा क्षेत्रको विकास, रेसुङ्गा विमानस्थललाई समयमै सम्पन्न गरी सेवा बिस्तार गर्ने ,अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपापानी वितरणलाई आफ्ना प्रमुख चुनावी एजेण्डा बनाएका छन् ।
साथै, उनले वृद्धा भत्ता बढाएर घरमै पु¥याउने, भुमिहीनलाई लालपुर्जा दिने, घरघरमा सडक सञ्जाल पुर्याएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
भूमिहीनहरुलाई उचित स्थानमा जग्गा उपलब्ध गराएर लालपुर्जा दिने
यसैगरी नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार बनेका धर्म विश्वकर्माले एक वर्षभित्र रेसुङ्गा नगरमा भएका सबै खरेघरका छाना हटाएर टीन राख्ने बताएका छन् ।
उनले भूमिहीनहरुलाई उचित स्थानमा जग्गा उपलब्ध गराएर लालपुर्जा दिने, रेसुङ्गा बहुमुखी क्याम्पस र विद्यालयहरुको विकास गर्ने, रेसुङ्गामा केबुलकार सञ्चालन गर्ने, तम्घास अस्पतालको विकास गर्ने तथा रेसुङ्गा विमानस्थललाई समयमै सम्पन्न गर्ने योजना बनाएका छन् ।