यहाँ मन्त्री र सचिव मिलेपछि जे गर्न पनि सकिन्छ भन्ने रहेछ, अब त्यस्तो हुन दिन्न – प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनमा मन्त्री र सचिव मिलेपछि जे गर्न पनि सकिन्छ भन्ने देखिएकाले त्यस्तो हुन नदिने बताएका छन् ।

Pm

प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रिया कार्यक्रममा सिस्टम भन्दा दायाँ-बायाँ गर्ने मन्त्रीहरुलाई समेत बर्खास्त गर्ने चेतावनी  दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ मन्त्री र सचिव मिलेपछि जे जे गर्न पनि सकिन्छ भन्ने रहेछ, अब त्यस्तो हुन दिन्न ।’

मुख्य सचिवलाई सचिवहरुले नटेरेको जस्तो लागेको भन्दै प्रधानमन्त्रीले भने, ‘हो भने सुध्रनुस्, नत्र कदम चाल्छु ।’

‘सरकार गठन गर्दै गर्दा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु’ भन्दै प्रधानमन्त्रीले भनेका छन्, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई बर्खास्त गर्छु, सिस्टममा बसौं ।’

प्रधानमन्त्रीले संविधानले सम्झौताको राजनीतिक व्यवस्था तय गरेकाले त्यसै अनुसार राजनीतिक सोच बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

तपाइको मत