
१८ असार ०७९, तनहुँ । अखिल नेपाल यातायात मजदुर संघ म्याग्दे गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापामगरको प्रमुख आतिथ्यमा शनिबार तनहुँको अकला सिकाइ केन्द्रमा भएको यातायात मजदुरको म्याग्दे गाउँपालिकास्तरीय भेलाले गजेन्द्र थापाको अध्यक्षतामा सचिव सन्तोष श्रेष्ठ, कोषाध्यक्ष नारायण थापा रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उक्त भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार सदस्यद्वय शम्भुबहादुर अधिकारी र इन्द्रबहादुर अधिकारीको विशिष्ट आतिथ्य साथै माओवादी केन्द्र गण्डकी प्रदेश सल्लाहकार सदस्य दिलीपकुमार श्रेष्ठ, जनप्रतिनिधि म्याग्दे गाउँपालिका वडा नं. ६ का अध्यक्ष हिरालाल गुरुङ, यातायात मजदुरका केन्द्रीय सदस्य सूर्यभक्त पौडेल लगायतको आतिथ्य रहेको थियो ।

भेला आयोजक समितिका संयोजक सूर्यनारायण श्रेष्ठको सभापतित्वमा भएको सो भेलाको सञ्चालन नेकपा (माओवादी केन्द्र) म्याग्दे गाउँपालिका सचिव सुकराम विकले गरेका थिए । साथै, कार्यक्रममा स्वागत मन्तव्य मेहरमान श्रेष्ठले राखेका थिए ।













