२६ असोज ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई अखिल नेपाल यातायात मजदुर संघले ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
बुधबार संघका अध्यक्ष सोम तामाङसहितको टोलीले यातायात मजदुरहरुलाई सम्बन्धित व्यवसायीमार्फत् नियुक्ति पत्र, आधारभूत वेतन लगायतका व्यवस्था प्रदान गर्न माग गर्दै गृहमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् ।

गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र पढेर सुनाउँदै अखिल नेपाल यातायात मजददुर संघका अध्यक्ष सोम तामाङ ।
गृहमन्त्री शर्मालाई बुझाइएको ज्ञापन पत्रमा आधारभूत बेतन ११ प्रतिशत कट्टा गरी सम्बन्धित यातायात मजदुरको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने, सार्वजनिक मालबाहक सवारी साधनहरु सहज ढंगले राजधानी प्रवेश गर्ने व्यवस्था मिलाउनु पर्ने लगायतका मागहरु उल्लेख गरिएका छन् ।

गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदै अखिल नेपाल यातायात मजदुर संघका पदाधिकारीहरु ।
यसैगरी माग पत्रमा उच्चस्तरीय यातायात बोर्ड गठन र मजदुरलाई नियुक्ति पत्र, आधारभूत वेतन दिनु पर्ने साथै सामाजिक सुरक्षा कोषमा सहभागी नगराउने व्यवसायिक संघ संस्थाको दर्ता तथा नवीकरणमा रोक लगाउन समेत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री शर्माले सम्बन्धित पक्षसँग छलफल गरी सम्पूर्ण यातायात मजदुरहरुको मागलाई सम्बोधन गर्न प्रयास गरिने बताए । साथै, उनले ‘यातायात व्यवसायीहरुसँग छलफल गरी मजदुरका माग सम्बोधन गर्न’ सचिवलाई निर्देशन समेत दिएका छन् ।
यातायात क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको तर अनौपचारिक अर्थतन्त्रमा सूचीकृत रहेकाले श्रमिकहरु नियुक्ति पत्र र आधारभूत वेतनबाट बाहिर रहेको भन्दै आधारभूत माग पूरा गर्न यातायात मजदुर संघका अध्यक्ष तामाङद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रको पूर्णपाठ :















