९ असाेज ०७८, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समिति बैठकले आगामी माघ १५ गते सातौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
शनिबार अन्टुफ कार्यालय पेरिसडाँडामा संघका अध्यक्ष रामचन्द्र कार्कीकाे अध्यक्षता, अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्ज जयपुरी घर्ती, अध्यक्ष जगत सिम्खडाकाे विशेष आतिथ्यतामा बसेको बैठकले आगामी माघ १५ गते सातौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हाे ।
संघका अध्यक्ष रामचन्द्र कार्कीले दिएको जानकारीअनुसार बैठकले इकाई र जिल्ला सम्मेलन मंसिर मसान्तसम्म र पाैष मसान्तसम्म प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष एसबी थापा मगर, कावा महासचिव शालिकराम काफ्ले र सचिव साेम तामाङकाे आतिथ्य रहेको थियो ।