२६ असार ०७७, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ प्रदेश १ को पहलमा दैनिकीमा समस्या परेको ६० जना श्रमिकलाई राहत वितरण गरिएको छ ।
बिहीबार यातायात मजदुरका प्रदेश १ अध्यक्ष लिला प्रधान साथै वडा अध्यक्ष रत्न कटुवाल, विष्णु गौतम र विशाल गौतमको पहलमा ६० जना श्रमिकलाई खाद्यान्न राहत वितरण गरिएको हो ।
संघले ०७६ चैत्र ११ गते देखि सरकारले बन्दाबन्दी घोषणा गरेसँगै अलपत्र परेकाहरुलाई उद्दार, दैनिकीमै समस्या भएकालाई राहत वितरण गर्दै आइरहेको छ ।
यातायात मजदुरका प्रदेश १ अध्यक्ष लिला प्रधानले संगठनले अहिले पनि श्रमिकहरुको उद्दार तथा विभिन्न कालकारखानाका कार्यरत श्रमिकहरुको अनुगमन रहेको पनि जानकारी दिए ।