१५ साउन, चितवन । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८९५५ नम्बरको यात्रुबाहक बस सडकमा बनेको खाल्डो छल्न खोज्दा अनियन्त्रित भई पल्टिँदा आठ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भरतपुरस्थित रामनगरको जङ्गलमा आज बिहान करिब २ः१४ बजे यात्रुबाहक बस सडकमा बनेको खाल्डो छल्न खोज्दा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।