३१ साउन, काभ्रे । काभ्रेको बिर्ता देउरालीस्थित खहरे खोला नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् ।
काठमाडौंबाट मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोमा ब्रेक फेल भएर पछाडि हट्दा भीरबाट खसेको अनुमान गरिए पनि पुष्टि भइसकेको छैन । स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय रहेका छन् ।
घाइतेलार्इ थप उपचारका लागि काठमाडाैं ल्याउन नेपाली सेनाकाे हेलिकप्टर मगाइएकाे काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिएका छन् ।