यात्रु बाहक बस दुर्घटनामा ९ जनाको मृत्यु

६ जेठ, लमजुङ । लमजुङको तामाखानीमा ना ६ ख ४१३६ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको मध्य नेपाल नगरपालिका ५ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए । तनहुँको दमौलीबाट दुईपिप्ले-सोतिपसल हुँदै जीताकोटका लागि हिँडेको बस दुर्घटनामा परेको हो ।

घाइतेहरु दमौली अस्पतालमा ल्याइएको छ भने घटनास्थलमा कुन्छास्थित प्रहरी चौकीबाट प्रहरीहरु गएका छन् भने जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलका लागि पुगेको छ ।

तपाइको मत