
१७ असोज, पोखरा । काठमाडौंबाट बागलुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको रात्री बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा दुर्इ वर्षे एक बालककाे मृत्यु भएकाे छ भने २८ जना घाइते भएका छन् ।
एकै दिशा वागलुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई विहान ५ बजेर ४० मिनेटमा पल्टिएको स्थानीयबासीले जानकारी दिएका छन् ।
तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भएको प्रहरीको भनाइ छ । बस पल्टिए लगत्तै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको बताइएको छ ।













