रमेश खरेलले आज ११ बजे राजीनामा दिने

२८ चैत्र ०७४, काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै रमेश खरेलले राजीनामा दिने भएका छन् ।

सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट भई बुधबार बिहान ११ बजे पदबाट राजीनामा दिने बताएका हुन् ।

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकि दिएको गुनासो  गर्दै भने ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’

उनले सरकारप्रति कुनै गुनासो समेत नभएको बताए । ‘म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन ।

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।

 

तपाइको मत