रसुवाका विभिन्न पार्टीका नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश

२३ असोज ०७४, काठमाडौँ । जिल्लाको राजनीतिमा सक्रिय रहेका विभिन्न पार्टीका नेता तथा कार्यकर्तासामूहिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टिका लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेहरुमा पूर्वजिविस सभापति एवम् राप्रपाका नेता मिलन तामाङ, राप्रपाका जिल्ला अध्यक्ष वाङ्गेल थोक्रा रहेका छन् ।

यसैगरी राप्रपाबाट प्रवेश गर्नेहरुमा पार्वतीकुण्ड गाउँपालिका अध्यक्ष करसाङ वाङ्दी तामाङ, युवा संगठनका पूर्व केन्द्रीय सदस्य गेलुङ लामा, गाउँ कमिटी कोषाध्यक्ष लक्षिन ग्याल्बो घले, गाउँ कमिटी सदस्य लाक्पा पाल्देन तामाङ, राजु तामाङ लगायत रहेका छन् ।

यसैगरी नौकुण्ड गाउँपालिकाका एमालेको भातृसंगठन युवा संघका उपाध्यक्ष मंगले थोक्रा, मान बहादुर गोङवा, ज्ञान बहादुर तामाङ, युवा संघका नेता कावौ लोप्चन रहेका छन् ।

त्यस्तै नयाँ शक्ति पार्टीको अखिल क्रान्तिकारी शिक्षक संघका मंगले तामाङसहित ज्ञाना लामा, यो राणा तामाङ, शेर छोवाङ लोप्चन कांग्रेसमा प्रवेश गरेका छन् ।

यसैगरी नौकुण्ड गाउँपालिकाका नेकपा माओवादी केन्द्रका वडा नं. २ वडा इन्चार्ज कान्छा तामाङ पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रदेश र प्रतिनिधि सभा सदस्य उम्मेद्वारका नाम सिफारिस

नेपाली कांग्रेस जिल्ला कार्य समिति रसुवाले प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । कार्यसमितिको बैठकले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा मोहन आचार्यको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेशको क्षेत्र नं. १ मा प्रभात लामाको नाम पठाएको छ भने क्षेत्र नं. २ मा जनकजीवन उपाध्याय, लेखनाथ अधिकारी र बालचन्द्र पौडेलको नाम सिफारिस गरेको छ ।

यता समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि लामा कार्यु तामाङको नाम सिफारिस गरिएको छ ।

समानुपातिक तर्फ क्षेत्र नं. १ बाट ठाकुरप्रसाद देवकोटा, सरला देवकोटा र शुक्र तामाङको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं. २ बाट मानबहादुर तामाङ, देवकी रैला र तृष्णराज न्यौपानेको नाम सिफारिस भएको छ ।

तपाइको मत