२३ असार ०७६, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् ।केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो ।
यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत दावेदार थिए ।













