२९ बैशाख ०७५, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् ।
शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।
भ्रमणका क्रममा मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिएको थियो ।
मोदीले स्वदेश फर्कँदै गर्दा आफ्नो भ्रमण ऐतिहासिक भएको मोदीले बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस भ्रमण मार्फ़त भारत-नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु।’













