राजकुमार तनुजाको हत्या अभियोगमा पक्राउ

२० साउन, झापा । गत साउन ४ गते तनुजा बुधबारे-५ मा रहेको मामाघर पुगेकी ११ वर्षीय बालिका तनुजा कोइरालाको हत्या अभियोगमा पक्राउ परेका राजकुमार राजवंशीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

RB

प्रहरीका अनुसार श्रमिकका रुपमा बसेका राजवंशीले घरमा पसेर चामल चोर्दै गरेको देखेपछि राजवंशीले बालिकाको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, झापाले पत्रकार सम्मेलनको आयोजना गरी राजवंशीले तनुजाको हत्या गरेको अनुसन्धानको क्रममा पुष्टि भएको जनाएको हो ।

प्रहरी उपरीक्षक शैलेस थापाका अनुसार शान्तिनगर-१ मा घर भएकी तनुजाले चामल चोर्दै गरेको देेखेपछि राजवंशीले उनको मुख थुन्ने प्रयास गरे । तर, तनुुजा चिच्याएपछि राजवंशीले उनीमाथि चक्कु प्रहार गरेका थिए ।

तनुजा कोइरालाको हत्या पछि सार्वजनिक बसमा चढेर भारततिर लागेको राजवंशीलाई भारतीय प्रहरीको सहयोगमा राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले पत्रकार सम्मेलनमा बताएको छ ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दा अन्तरगत रहेर उनलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

तपाइको मत