११ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले राजनीतिक क्षेत्र भ्रष्टाचारको केन्द्र भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपाका नेता शर्माले यस्तो बताएका हुन् ।
‘मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो, उनले भनेका छन्, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो ।’
उनले राज्यको शक्ति केन्द्रहरुमा व्याप्त भ्रष्टाचार रहेको भन्दै ‘म, म भने भइहाल्यो’ भनेर छलफलका क्रममा बताएका थिए ।