राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएको अन्सारीको आरोप

samim-ansari

१३ जेठ ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेपछि राजपाका सहमहामन्त्री समिम मिया अन्सारी एमाले प्रवेश गरेका छन् ।

राजपा नेपालले शुक्रबार निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेको भोलिपल्ट शनिबार पार्टीका मुस्लिम नेता आफ्ना समर्थकसहित नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम नेता अन्सारी लगायत अन्य मुस्लिम कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् ।

ओलीले मुस्लिम नेता अन्सारी लगायतलाई पार्टीमा प्रवेश गराएपछि कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मुस्लिम उम्मेदवार उठाइसकेको र अब मधेसका धेरै ठाउँमा मुस्लिमलाई उम्मेदवार बनाउने बताए ।

कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले मैथिलीमा भाषण गर्दै मुस्लिम समुदायको अगुवाई एमालेले गर्ने बताए ।

राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएकाले आफू सो पार्टीमा रहन नसकेको बताए ।

तपाइको मत