राजपाले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाए

३ असोज ०७५, सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका छन् ।

प्रदर्शन गर्दै ।

बुधबार संविधान जारी भएको खुशियालीमा मुलुकको विभिन्न स्थानमा हर्षोल्लासका साथ दीपावली मनाउँदै गर्दा राजपाले भने सप्तरीमा संविधान दिवसलाई कालो दिवसका रुपमा मनाएका हुन् ।

सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको हनुमाननगर कंकालिनी, डाक्नेश्वरी, खड्क, कंचनरुप, शम्भुनाथ लगायतका नगरपालिकामा राजपा कार्यकर्ताले सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याएर हात र टाउँकोमा समेत कालो पट्टी बाँधेर दिनभर बिरोध प्रदर्शन गरेका थिए ।

असोज ३ मा मधेश बिरोधी संविधान जारी भएकाले केन्द्रीय समितिको निर्णय अनुसार बिरोध प्रदर्शन, मोटरसाइकल ¥याली, बिरोध सभा, सार्वजनिक स्थानमा कालो झण्डा तथा बत्ती निभाउने लगायतका कार्यक्रमहरु गरिएको राजपा सप्तरीका संयोजक रामप्रित यादवले बताए ।

सदरमुकाम राजविराजमा राजपाका संयोजक यादव, प्रदेश सभा सदस्य विक्कि यादव राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा लगायतको अगुवाईमा गरिएको प्रर्दशनमा सहभागिहरुले ‘हाम्रो आन्दोलन जारी छ, मधेश बिरोधी संविधान मान्दैनौं, संविधान संशोधन गरी मधेशीको माग सम्बोधन गर ।’ लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।

यसैबीच संविधानको बिरोधमा आयोजित कालो दिवसका लागि सप्तरीको कमान्ड सम्हालेका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संविधानमा मधेशी जनताको रहेको असहमति दर्ज गर्न ३ असोजलाई कालो दिवसको रुपमा मनाइएको बताउँदै संविधानमा कमिकमजोरी नसच्याएसम्म सरकारमा रहेपनि नरहेपनि असोज ३ लाई कालो दिवसकै रुपमा मनाउने बताए । उनले भने– ‘मधेशका माग संविधान संशोधन गरी नसमेटिएसम्म सडक र सदनमार्फत हामी आन्दोलनमै रहन्छौं ।

यसैबीच सो अवसरमा नेकपा सप्तरीले स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामीहरुलाई फलफुल तथा पार्टी कार्यालयमा संविधानको उपलब्धि र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

तपाइको मत