राजपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक

७ मंसिर ०७४, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

महोत्तरीको जलेश्वरमा  कार्यक्रम गरी राजपाले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायतको उपस्थितिमा १५ बुँदे चुनावी प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको हो ।

‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई घोषणापत्रमा जोड दिएको छ ।

तपाइको मत