राजपा र काँग्रेसका सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

१५ मंसिर ०७४, गौशाला । महोत्तरीको गौशला नगरपालिका–२ निगौलमा आयोजित चुनावी सभामा राजपा र काँग्रेसका सयौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राजपाको प्रभाव रहेको क्षेत्र निगौलमा शुक्रबार आयोजित चुनावी सभामा राजपा र काँग्रेस परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका राजपा र काँग्रेसका सयौं नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका सचिवालय सदस्य एवम् महोत्तरी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेल र प्रदेश सभाका उम्मेदवार भरत शाहले फुलमाला लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा राजपाका नेता महिन्द्र शाह, लालु मण्डल, सुनिल मण्डल, रामबाबु मण्डल सहितका दर्जनौं कार्यकर्ताहरु रहेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसका सरोजकुमार शाह, इन्दु शाह, रामप्रताप मण्डल, नरेश शाहसहितका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरे ।

यस्तै उर्मिला शाह, सितल मुखिया, सुनैनादेवी राय, शिवकुमारी सिह, रौनादेवी राय लगायतका एक दर्जनभन्दा बढी राजपा र काँग्रेसका क्रियाशील महिला नेतृहरु पनि माओवादी केन्द्र प्रवेश गरेका छन ।

गौशाला–९ पुरानो भरतपुरमा आयोजित चुनावी सभामा अधिकांश मन्सुर र अन्सारी सहित ६० जना भन्दा बढी विभिन्न पार्टी परित्याग माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका इसराजुल मन्सुर, गफार मन्सुर, सतार मन्सुर, जाहेर मन्सुर, मङ्गल मन्सुर, रसुभ अन्सारी, मकेबुल अन्सारी लगायत ६० जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

काँग्रेस र राजपाबाट समृद्धि र विकास सम्भव नभएको भन्दै उनीहरुले आफूहरु माओवादी केन्द्र प्रवेश गरेको बताए ।

 

तपाइको मत