१६ साउन ०७५, राजविराज । प्रहरीले रातको समयमा पसलमा चोरी गर्ने गिरोहका दुई जनालार्ई पक्राउ गरेको छ ।
मंगलबार चोरी गरिएका सामानसहित रुपनी गाउँपालिका ९ का २० वर्षीय रामकुमार मण्डल र डाक्नेश्वरी नगरपालिका ४ का १९ वर्षीय भगवती रामलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
दुबै जनाले अघिल्लो दिन राजविराज ४ मेनरोडस्थित पशुपति होटल तथा मोबाइल पसलमा १ लाख ५० हजार बढीको धनमाल चोरी गरेका थिए ।
उनीहरुका साथबाट प्रहरीले पसलबाट चोरी गरिएका घडी, मोबाइल, एलसिडि, टिभि, चार्जर, पेन ड्राइभ तथा नगद ३५ हजार रुँपैयासमेत बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कुल १ लाख ६५ हजारको मालसमानसहित पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा चलाइएको डिएसपी भवेश रिमालले बताए ।