३ साउन ०७४, काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पशुपति शम्शेर राणासहित वरिष्ठ नेताहरु अनुपस्थित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकको पूर्वसंध्यामा मंगलबार कार्यसम्पादन समितिले बोलाएको बैठकमा पशुपति शम्शेर राणासहित वरिष्ठ नेताहरु अनुपस्थित भएका हुन् ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष कमल थापासँगै दीपक बोहोरासहितका पदाधिकारीहरु उपस्थित छन् ।
तर, राष्ट्रिय अध्यक्ष राणासँगै वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, हरिबहादुर बस्नेत, नवराज सुवेदी र बालाराम घर्ती मगर गएनन् । केन्द्रीय सदस्यहरुको मनोनयनलाई लिएर राणा समूह अध्यक्ष थापासँग असन्तुष्ट बनेका थिए ।