८ मंसिर, काठमाडौं । पार्टी एकीकरणपछि राप्रपाको पहिलो बैठक आज बस्दैछ ।
राजधानीको अम्रपाली बैक्केटमा दुवै राप्रपाका डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीनसय सदस्यीय केन्द्रीय समितिको बैठक अपरान्ह १२ बजे बस्न लागेको हो ।
पार्टी एकीकरणपछि सरकार, संविधान संशोधन लगायतका विषयमा एउटै दृष्टिकोण बनाउने बारे पार्टी बैठकमा छलफल हुनेछ ।
एकीकृत पार्टीको तीन महिनाभित्र अधिवेशन गर्ने विधानमा व्यवस्था भए बमोजिम महाधिवेशनको तयारी, दुई पार्टीका जिल्ला तथा स्थानीय संरचनाको एकीकरणका विषमा बैठकमा छलफल हुने जनाइएको छ ।