राप्रपाले ग¥यो जम्बोजम्बो पदाधिकारी गठन

२८ मंसिर, काठमाडौं । दुई अध्यक्ष रहेको राप्रपाले मंगलबार जम्बो पदाधिकारी गठन गरेको छ ।

राप्रपा र राप्रपा नेपालबीच एकतापछि बनेको राप्रपाले ६ उपाध्यक्ष, ६ महामन्त्री, दुई कोषाध्यक्ष साथै प्रवक्ता पनि दुबै पार्टीबाट एक एक जना तोकेको छ भने सहप्रवक्ता ४ जना रहेको जम्बो कमिटीहरु बनाएको छ ।

उपाध्यक्ष मनोनित हुनेमा दिपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादव छन् ।

यस्तै टंक ढकाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, विक्रम पाण्डे, धवलशम्शेर जबरा र नरेन्द्र चौधरी महामन्त्री मनोनित भएका छन् ।

कोषाध्यक्षमा उद्धव पौडेल र निलकण्ठ काफ्ले छन् भने ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ प्रवक्ता तोकिएका छन् । सहायक प्रवक्तामा किरण गिरी, मोहन श्रेष्ठ, बसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलालाई मनोनित गरिएको छ ।

तपाइको मत