राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय

४ भदौ ०७४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स‌ंसद्‌मा विचाराधिन संविधान संशोधन विधेयकको विपक्षमा  मतदान गर्ने निर्णय गरेको छ ।

हेटौंडामा बसेको राप्रपा केन्द्रीय समितिको  बैठकले हिन्दुराष्ट्र पुनर्स्थापना सम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको, पार्टी विभाजनमा सरकार र सत्तारुढ दलहरु क्रियाशील रहेको आरोप लगाउँदै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हकहित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रित राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गरिसकेको, विधेयक पारित गराउनेबारे सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको  निष्कर्ष छ ।

त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमा सहभागी हुनु राप्रपाको गम्भीर भूल भएको निष्कर्ष पनि निकालिएको छ ।

तपाइको मत