१७ साउन ०७४, राजविराज । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का डा.प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मुलुकभर अभियान चलाउने बताएका छन् ।
लोहनीले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मंगलबार राजविराजमा चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि साथ दिन आग्रह गरेका हुन् ।
उनले विश्वकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई संविधानबाट हटाउन जनताले जनादेश नदिएको भन्दै जनभावना विपरीत गरिएको निर्णय फिर्ता लिन र त्रूटी सच्याउन देशभर अभियान मार्फत दवाव सृजना गरिने बताए ।
उद्योगधन्दा र सिचाईको अभावमा रोजगारी समस्या विकराल बन्दै गएको र मुलुकले आर्थिक विकासमा गति लिन नसकेको उल्लेख गर्दै उनले हिन्दु राष्ट्र र समृद्ध नेपाल निर्माणका लागि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले पहल गर्ने बताए ।
सभामा पार्टीका उपाध्यक्ष डा.सुष्मा आचार्यले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधर एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सशक्त बने मुलुक पनि शसक्त बन्ने र विकास तर्फ लम्किने दावी गरिन् ।