कांग्रेस सभापति एकलौटी अघि बढेकोमा पौडेलको आपत्ति

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै रामचन्द्र पौडेल पक्षधरले आपत्ति जनाएपछि नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेको नेपाली कांग्रेसभित्रै गम्भिर विवाद देखिएको छ ।

सभापति देउवा पटकपटक गरिएको आग्रह अस्वीकार गर्दै एक्लै हिडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाई छ । सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै मंगलबार आफू पक्षधर केन्द्रीय सदस्यको भेला बोलाएको हो ।

पौडेल पक्षधर नेताहरु सोमबार साँझ देउवा निवास पुगेका थिए । देउवा निवास जानुअघि उनीहरुले अनामनगरस्थित सम्पर्क कार्यालयमा बैठक गरेका थिए ।

तपाइको मत