रामजानकी विवाहपञ्चमी श्रद्धा भक्तिपूर्वक मनाइँदै

४ पुस ०७७, जनकपुरधाम । कोभिड-१९ का बीच जनकपुरधाममा रामजानकी विवाहपञ्चमी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

त्रेतायुगमा राम र जानकीबीचमा विवाह भएको स्मरणमा हरेक वर्ष हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधाममा हर्षाेल्लासपूर्वक विवाहपञ्चमी मनाइन्छ ।

आज जानकी माताको डोलाले भगवान रामको डोलालाई तीन पटक परिक्रमा गरेपछि माला फेर गरी स्वयम्बर कार्यक्रम सम्पन्न भएको थियो ।

आज दिउँसो जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित निस्केको जानकी माताको डोली र राम मन्दिरबाट बाजागाजासहित निस्केको भगवान रामको डोला नगर परिक्रमा गरी जनकपुरको एतिहासिक रंगभूमि मैदान बारह बिघा पुगेको थियो ।

स्वयम्बर कार्यक्रम हेर्न हजारौं श्रद्धालु तथा भक्तजनहरु बारह बिघा पुगेका थिए ।

यस्तै ठोरी गाउँपालिका प्रमुख पदम लाल श्रेष्ठले पर्सा जिल्लाको ठाेरी -२ सिता गुफामा पनि बिबाह पंचमीकाे अवसरमा वैदिक विधिअनुसार धुमधामका साथ राम-सीता बिबाह सम्पन्न भएको जानकारी दिए ।