रामेछापमा यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु, २० जना घाइते

६ असाेज ०७४, चरिकोट । रामेछाप नगरपालिका-८ सानुवारीबाट काठमाडौं तर्फ जाँदै गरेको बा २ ख ६३७५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

सडकबाट करीब ३० मिटर तल खसेको हिमाल तराई यातायातको बस दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा रामेछाप नगरपालिका-८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका-६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । घटनाको कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत