राष्ट्रपतिका चुनावका लागि मनोनयन दर्ता आज

२३ फागुन ०७४, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्दैछ ।

फागुन २९ गतेका लागि तय गरिएको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरुले उम्मेदवारी दर्ता गर्न सक्ने जानकारी दिए ।

आयोगका अनुसार बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदाताको अन्तिम सूची मंगलबारै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन ।

चुनावका लागि मतदान केन्द्र  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा तोकिएको छ ।

तपाइको मत