राष्ट्रपतिको आह्वान : ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्नु

११ जेठ ०७४, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन आह्वान गरेकी छन् ।

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आहृनान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बुधबार प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

तपाइको मत