१३ असोज ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव हुनुपर्ने बताएका छन् ।
फुलपातीका दिन बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् ।”
गत भदौ २३ र २४ गते जेनजीले गरेको बिद्रोहपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संसदबाट नयाँ सरकार गठन हुन नसक्दा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गते हुने घोषणा गरिएको छ ।













