राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

१४ पुस ०७४, काठमाडौं । लामो समयदेखि एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण शीतल निवासमा थन्किएको अध्यादेश अन्तत: जारी भएको छ ।

एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा निर्वाचनसम्वन्धी अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँग भेटवार्ता गरेपछि प्रमाणीकरण गरेकी हुन् ।

यसअघि राष्ट्रपतिले विभिन्न दलका शीर्ष नेतृत्वसँग भेट गरेकी थिइन् ।

कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीय व्यवस्थासहित अध्यादेश प्रमाणीकरण गर्न सिफारिस गरेको थियो । तर, एमालेले त्यसको विरोध गरेपछि अध्यादेश लामो समयदेखि शीतल निवासमा थन्किएको थियो ।

अध्यादेश जारी नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेकाे थिएन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक हुन सकेकाे थिएन ।

तपाइको मत