राष्ट्रपतिद्वारा दुई गैरआवासीय राजदूत नियुक्त

२३ पुस ०७६, काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी दुई नेपाली राजदूतलाई अन्य दुई देशको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम बुधबार राष्ट्रपति भण्डारीले थाइल्याण्डका नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सिंगापुर र अष्ट्रियाका नेपाली राजदूत प्रकाश सुवेदीलाई ग्रीसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।