१४ माघ, दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिकूल मौसमका कारण कैलालीको धनगढीमा आयोजित कार्यक्रम दाङको भालुवाङबाट उदघाटन गरेकी छिन् ।
धनगढी उपमहानगरपालिका ५ मा निर्मित शिवनगर दोस्रो शहरी खानेपानी तथा सरसफाई आयोजनाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन जाँदै गरेकी राष्ट्रपति भण्डारी प्रतिकूल मौसमका कारण कार्यक्रमस्थल पुग्न नसकेपछि टेलिफोनबाटै कार्यक्रमको उदघाटन गरेकी हुन् ।
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा अवतरण गराइएको थियो ।