राष्ट्रपतिद्वारा निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद

२८ मंसिर ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएकी छन् ।

बिहीबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले सरकारलाई धन्यवाद दिएकी हुन् ।

सो भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई प्रतिनिधि र प्रदेशसभा निर्वाचन बारे जानकारी गराएका थिए ।

संविधान कार्यान्वयनमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन कोशेढुंगाका रुपमा रहेको र सो सम्पन्न गर्न सरकार सफल भएकोमा सरकारलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिँदै अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।

तपाइको मत