राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् हेरफेर

२८ असोज ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेकी छन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी तोकिएको छ भने विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई ल्याइएको छ ।