२९ बैशाख ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्ड र श्रीलङ्काको पाँच दिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्कक प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतले विदाई गरेका थिए ।
राष्ट्रपतिद्वारा ब्राजिल र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त
राष्ट्रपति भण्डारीले भ्रमण निस्किनु अघि थाइल्यान्ड र श्रीलंकाको भ्रमणमा निस्किनु अघि ब्राजिल र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार बिहान नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि ताराप्रसाद पोखरेल र गणतन्त्र दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंहलाई नियुक्त गरेकी हुन् ।
नवनियुक्त राजदूत पोखरेलले ब्राजिलका साथै चिली र पाराग्वेकाे गैरआवासीय नेपाली राजदूतका जिम्मेवारी सम्हाल्ने छिन् ।
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी गर्नुभएको छ । र्नु भयो ।