२९ मंसिर ०७९, काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउँदै छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारीअनुसार निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने भएकाले आयोगले बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो ।
उनले सातै प्रदेशमा पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइने बताए ।
आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।













