राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुगे शीतलनिवास, मन्त्रीहरुलाई बालुवाटार बोलाइयो

२० असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

पार्टी स्थायी कमिटीको बैठकमा चर्को आलोचना खेपिरहेका र बैठक चलिरहेकै समयमा मन्त्रिपरिषद्को बैठक बसी संसद अधिवेशन अन्त्य गरेपछि थप आलोचित बनेका प्रधानमनत्री ओलीले राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आजै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको बताइए पनि छलफलको विषय खुल्न सकेको छैन् ।

प्रधानमन्त्री ओलीले गत आइतबार मात्रै विवादास्पद अभिव्यक्तिपछि नेकपामा नयाँ विवाद र बहसले प्रवेश पाएको छ । बैठकको प्रारम्भिक अवस्था हेर्दा पार्टी फुटको दिशामा धकेलिएसँगै पार्टी एकतालाई जोगाउन सहमति खोज्ने प्रयासस्वरुप आजका लागि राखिएको स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।