१० मंसिर, पर्सा । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार झिसमिसेमै भारतीय योग गुरु रामदेवको संस्था पतञ्जली योग केन्द्रले वीरगन्जको आदर्शनगर रङ्गशालामा योग विज्ञान शिविर—२०७३ को उदघाटन गरिन् ।

तस्बिर : काठमाडौं टुडे ।
राष्ट्रपतिले पानसमा बत्ती बालेर योग शिविर उदघाटन गर्दै गर्दा कार्यक्रमको मञ्चमा बसेका रामदेवले हेपाहा व्यवहार देखाए ।
गैरआवासी नेपाली संघ एनआरएनएका अध्यक्ष उपेन्द्र महतोसहित केही मानिस कार्यक्रम उदघाटन हुँदै गर्दा राष्ट्रपतिको सम्मानमा उठेर ताली बजाए । तर, रामदेव सोफामा नै बसिरहे ।
रामदेवसँगै बसेका उनका नेपाली शिष्य आचार्य बालकृष्णको पारा पनि उस्तै देखिएको थियो । औपचारिक कार्यक्रममा बिना हैसियतकै अतिथिले कार्यक्रमको उदघाटन गर्दा उठेर ताली बजाउने चलन विश्वरभर नै छ । तर, रामदेवले सामान्य शिष्टाचार र मर्यादाको समेत ख्याल नगरी राष्ट्रपतिजस्तो गरिमामय पदमा आशीन व्यक्तिको अपमान गर्ने शैली देखाए ।
कार्यक्रममा रामदेव र आचार्य बालकृष्णका साथै भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक लगायतको सहभागिता रहेको थियो ।