३० माघ ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साथै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश दिएका छन् ।
शुक्रबार तामाङ समुदायको पर्व सोनाम ल्होसारकाे अवसरमा राष्ट्रपति, उपराष्ट्रपति साथै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतले शुभकामना सन्देश दिएका हुन् ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।