राष्ट्रपति भण्डारीकाे जेनेभा भ्रमण स्वीकृत

२९ जेठ ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्यान्ड भ्रमणमा जाने भएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीको स्विट्जरल्यान्ड भ्रमणलाई स्वीकृत गरेको हाे ।

सरकारका प्रवक्ता एव अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति भण्डारीको जेनेभा भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत भएकाे जानकारी दिए ।

राष्ट्रपति भण्डारी आन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वल्र्ड अफ वर्क समिटमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार आईएलओले गर्न लागेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औं सत्रमा हुने वुमन एट वर्क (काममा महिला) विषयक वल्र्ड अफ वर्क समिटमा राष्ट्रपति भण्डारी विशेष वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा राष्ट्रपति भण्डारीसँगै रिपब्लिक अफ मोरिससकी राष्ट्रपति अमिना गुरिब फाकिम र माल्टाकी राष्ट्रपति मारिय लुइस कोलेइरो पर्काले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाइको मत