राष्ट्रपति भण्डारीले बाेलाइन् सर्वदलीय बैठक

३ चैत ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भण्डारीले सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बैठकमा नेकपा माओवादी केन्द्र, एमाले, कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी साथै राष्ट्रिय जनमोर्चालाई बोलाइएको जानकारी दिए ।