२५ जेठ, काठमाडौं । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ शक्तिशाली महिला भएकी छिन् ।
महिला अधिकारकर्मी समेत रहेकी राष्ट्रपति भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको भन्दै फोब्र्सले नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहे पनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण राष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने उल्लेख गरेकेा छ ।
जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वकोे सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । यद्यपि, दुनियाका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचिमा ५१ जना अमेरिकी महिला छन् ।