३१ बैशाख ०७४, श्रीलङ्का । राष्ट्रपति विद्यादेवी भण्डारीले अाइतबार क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गरेकी छन् ।
श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहेकी राष्ट्रपति भण्डारीले वनस्पति उद्यानमा करतुसको बिरुवा वृक्षरोपण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले उक्त अवसरमा उनले उद्यानको अवलोकन समेेत गरिन् ।
उनले दुईवटा बिरुवाको नामकरण पनि गरेकाे जनाइएकाे छ ।
यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र विरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन् ।