१५ मंसिर ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गरेकी छिन् ।
पोल्याण्डको कातोबीचे शहरमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरुको सहभागीता छ । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुनेछ ।













