८ बैशाख ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार साँझ स्वदेश फर्केकी छन् ।

भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणमा सोमबार भारत प्रस्थान गरेकी राष्ट्रपति भण्डारीले समकक्षी मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अन्य मन्त्री लगायत विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेकी थिइन ।
उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र परराष्ट्रका केही अधिकारी बुधबार नै स्वदेश फर्केका थिए ।
राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ दिंदै राष्ट्रपति भवनमा आतिथ्य गराइएको थियो । परराष्ट्र मन्त्रालयले उनको आसन्न भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्ध र सदभाव बृद्धि गर्न फलदायी भएको जनाएको छ ।
राष्ट्रपति भण्डारी ३४ सदस्यीय नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै भारतको पाँच दिने राजकीय भ्रमणमा गएकी थिइन ।













