राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२९ मंसिर ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको छ ।

शीतल निवासमा जानु अघि आज दिउँसो एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेर राष्ट्रिय सभासम्वन्धी अध्यादेश जारी गर्न आग्रह गरेका थिए ।

सरकारले राष्ट्रिय सभासम्वन्धी अध्यादेश पठाएको लामो समय भए पनि राष्ट्रपति भण्डारीले जारी गरेकी छैनन् ।

राष्ट्रिय सभासम्वन्धी अध्यादेश अडि्करहेका बेला एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारी बीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

तपाइको मत