२१ कार्तिक ०८१, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत् अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पलाई बधाई दिएका हुन् ।
राष्ट्रपति पौडेलले ट्रम्पलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।’